राजनीति


पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

फाइल तस्बिर: पूर्वआईजीपी सर्वेन्द्र खनाल


नेपालखबर
पुस २१, २०८१ आइतबार १०:८, काठमाडौँ

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्।

आइतबार बिहानै फेसबुकमा स्टाटस लेख्दै खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको बताएका हुन्। 

‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन’, उनले लेखेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरू समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थितअनुकूल सधैँ सक्दो कार्यहरू गरिरहनेछु।’

प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी २०७९ असोज ६ मा एमालेमा प्रवेश गरेका थिए। लगत्तै उनले एमालेबाट काठमाडौँ क्षेत्र नम्बर ६ का लागि प्रतिनिधिसभा सदस्यको टिकट पाएका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालसँग हारे।

त्यसपछि एमालेले उनलाई पुनः तनहुँमा भएको उपनिर्वाचनमा पनि उठायो। तर त्यहाँ पनि उनी रास्वपाकै उपसभापति डा. स्वर्णिम वाग्लेसँग पराजित भए। 

भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्वआईजीपी खनालले पनि एमालेबाट बाहिरिएको घोषणा गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad