राजनीति


उपनिर्वाचनले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड

उपनिर्वाचनले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड

नेपालखबर
पुस १८, २०८१ बिहिबार १९:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि भएको स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको दाबी गरेका छन्।

उदयपुर जिल्लाका नेता-कार्यकर्ताहरूसँग आज पार्टी कार्यालय, पेरिसडाँडामा भएको भेटमा उनले यस्तो धारणा राखेका हुन्। 

‘यसपटकको उनिर्वाचनमा प्रदेश नम्बर १ (कोसी) मा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ,’ उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ।’

उदयपुरमा यसअघि हारेका दुईवटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको भन्दै अध्यक्ष प्रचण्डले यसका लागि उदयपुरको पार्टी नेतृत्वलाई बधाई दिए।

‘यो उपनिर्वाचनबाट हामी देशैभरि पनि तेस्रोबाट दोस्रोमा उक्लेका छौँ, अब हाम्रो विजययात्रालाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘आजबाट निकै उत्साहपूर्ण रूपमा स्थायी समिति बैठक सुरु भएको छ। अब हामी स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकबाट पार्टीलाई जनतासँग जोड्ने स्पष्ट कार्ययोजनासहित नयाँ उचाइमा उठाउनेछौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad