प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टी राजनीतिमा सक्रियता बढाउँदै गएकी पूर्वउपाध्यक्ष भण्डारीलाई उनको बुढानीलकण्ठस्थित निवासमै गएर भेटेका हुन्।
उनीहरूबीच करिब दुई घण्टा भएको भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।
स्रोतअनुसार, पूर्वराष्ट्रपति भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट छिन्। एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति छ।
ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। यसैकारण उनले पार्टीनिकट विभिन्न मञ्चमा उपस्थिति बढाउँदै गएकी छन्।
ओलीकै विश्वासपात्रका रूपमा काम गरेका नेताहरू भण्डारीसँग निकट भएर काम गरिरहेका छन्। यसप्रति असन्तुष्ट जनाउँदै ओलीले केही साताअघि पार्टीको कार्यक्रममा पूर्वराष्ट्रपतिकहाँ गएर गल हाल्ने काम नगर्न चेतावनी दिएका थिए।
‘जाडो छल्न’ पूर्वराष्ट्रपति भण्डारी मितिनी गाउँ पुग्दा
भण्डारीको सक्रियताले एमालेमा हलचल, ओलीको प्रतिवाद : म हुँदाहुँदै सम्भव छैन
Shares

प्रतिक्रिया