राजनीति


आज एकैदिन ६ संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकैदिन ६ संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालखबर
पुस १८, २०८१ बिहिबार ८:५५, काठमाडौँ

आज (बिहीबार) संसद्‌का ६ वटा समितिका बैठक आज बस्दै छन्। 

प्रतिनिधि सभाका ४ र राष्ट्रिय सभाका २ समितिका बैठक आज बस्न लागेका हुन्। 

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद्‌ सचिवालयस्थित समितिको हलमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/०८२ को कार्यक्रम तथा हालसम्मका प्रगतिबारे छलफल हुने कार्यसूची छ।

प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।

बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची छ।

यस्तै बिहान ११ः३० बजेकै लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल हुँदै छ।

प्रतिनिधि सभाकै पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा जलस्रोत विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ। 

बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरूसँग छलफल गर्दै छ। समितिले आज छलफलका लागि उद्योग मन्त्रीलाई बोलाएको छ।

यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ।

संसद्‌को हिउँदे अधिवेशन नजिकिँदै गर्दा संसदीय समिति सक्रिय भएका छन्।

सभामुखले पटकपटक समिति सभापतिहरूसँग छलफल गरी समितिमा रहेका विधेयक टुंगोमा पुर्‍याउनेगरी छलफल गर्न आग्रह गरिरहेका छन् भने दलहरूले पनि सांसदहरूलाई समयमै विधेयक पास हुनेगरी काम गर्न भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad