सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ।
पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा दिउँसो साढे १२ बजेदेखि बैठक शुरु हुने एमालेले जनाएको छ।
एमाले केन्द्रीय कमिटिको बैठक यही पुस २१ र २२ गते बस्दैछ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक विषय, केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक गतिविधिलगायतका विषयमा छलफल हुनेछ।
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले एमालेका पुराना नेता भीम रावललाई पार्टीबाटै निस्कासित गर्ने निर्णय गरेको थियो।
त्यसैगरी सो बैठकले नेता विन्दा पाण्डे र उषाकिरण तिमल्सिनाको जिम्मेवारी ६ महिनालाई खोस्ने निर्णय गरेको थियो। एमालेको यो निर्णयको यतिबेला पार्टी भित्र र बाहिरबाट व्यापक आलोचना भइरहेको छ।
Shares

प्रतिक्रिया