राजनीति


लगातार माधव नेपाल भेटिरहेका वामदेव भन्छन्– अझै केही पनि टुंगो लागेको छैन

लगातार माधव नेपाल भेटिरहेका वामदेव भन्छन्– अझै केही पनि टुंगो लागेको छैन

नेपालखबर
पुस १७, २०८१ बुधबार १६:५८, काठमाडौँ

राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीका नेताहरुले वरिष्ठ नेता दिने भने पनि अन्य कुरा टुंगिन बाँकी नै रहेको बताएका छन्। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरुसँग पछिल्लो समय लगातारजसो छलफल गरिरहेका गौतमले बुधबार पनि वार्ता गरेका थिए। उक्त वार्तापछि उनले तीन जना बरिष्ठ नेता पहिले नै भएकाले आफूलाई कस्तो बरिष्ठ नेता बनाउने भन्ने पनि नटुंगिएको जानकारी दिए।

‘उहाँहरुले काम गर्ने क्षेत्र पनि टुंग्याउँछौं, पद पनि टुंग्याउँछौं भन्नु भएको छ,’ गौतमले नेपालखबरसँग भने, ‘राम्रै कुरा भयो। टुंगो लाग्न बाँकी छ।’

उनले थपे, ‘उहाँहरुले पहिलेदेखि नै बरिष्ठ नेता भनेर भन्नु भएको थियो। बरिष्ठ नेता त्यहाँ तीन जना पहिले नै छन। त्यसलाई के गरि मिलाउने भन्नेछ।’

सबै कुरा सकरात्मक हुन्छ भनेर नेताहरुले आफूलाई भनेको भन्दै गौतमले भने, ‘तपाईंले आफनै ठान्नुहोस यो पार्टी भनेर भन्नु भएको छ।’

आफ्नो विषय टुंगिएपछि आफूसँग रहेका अन्य नेताहरुको व्यवस्थापनबारे छलफल हुने उल्लेख गरे। ‘हामी छलफल गर्छौं अझैं, कसरी सबैलाई व्यवस्थापन गर्न सकिन्छ भन्नेमा त्यसपछि छलफल हुन्छ,’ गौतमले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad