नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार, मिटरब्याज, वैदेशिक हस्तक्षेप लगायतकाविरुद्ध जनमार्च अभियान सञ्चालन गर्ने भएको छ।

नेकपाको मंसिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले झापादेखि कञ्चनपुरसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानमा विप्लव लगायतका नेता सहभागी हुनेछन्।
त्यस्तै बैठकले माओवादी केन्द्र लगायतका पार्टीहरुसँग एकताको ढोका खुला नै राख्ने क्रान्तिकारी पार्टीहरुसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको छ।


57
Shares

प्रतिक्रिया