समाज


अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
पुस १६, २०८१ मंगलबार १५:७, काठमाडौँ

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, उपभोक्ता समितिका अध्यक्षसमेत १२ जना उपर गैरकानुनी लाभ तथा हानी पुर्‍याई  भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अर्जुनचौपारी गाउँपालिका वडा नं. १ को आव २०७५/०७६ र आव २०७६ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उनीहरूमाथि आरोप छ।

सो सम्बन्धमा अख्तियारले गरेको अनुसन्धानका क्रममा आव २०७५/७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको ‘प्रोभाइडिङ मिक्सिङ एन्ड प्युरिङ (१ः२ः४) मेसिन मिक्स कंक्रिट’ आइटमको सबै ठाउँको ढलान भत्किई २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बराबरको क्षति भएको अख्तियारको भनाई छ।

यस्तै, आव २०६६/२०६७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनाको पीसीसी फर आरसीसी (१ः२ः४) आइटमको सबै ठाउँको ढलान भत्किई ८ लाख ३४ हजार ३२० रुपैयाँ र ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको थियो।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नविन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिएको छ।

यस्तै, कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, तत्कालीन सब इन्जिनियर सूर्यप्रसाद पौडेल, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी केसीविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो कायम गरिएको छ।

यसैगरी कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदिप आचार्य र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटामाथि ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad