राजनीति


अखिल क्रान्तिकारीमा उमेर हद ऐतिहासिक परिघटना: हिमाल शर्मा

अखिल क्रान्तिकारीमा उमेर हद ऐतिहासिक परिघटना: हिमाल शर्मा

नेपालखबर
पुस १६, २०८१ मंगलबार ५:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी फ्राक्सन इन्चार्ज हिमाल शर्माले अखिल (क्रान्तिकारी) ले ३२ वर्षे उमेरहद लागू गर्नु ऐतिहासिक परिघटना भएको बताएका छन्। 

अखिल क्रान्तिकारीको नेतृत्व तहमा उमेर हद कायम भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत शर्माले यसलाई कसैले हारजितको रुपमा लिनु नहुने पनि बताएका छन्। 

‘विद्यार्थी आन्दोलनमा  यो एउटा ऐतिहासिक परीघटना हो। संगठन भित्र कसैको हारजित होइन,’  अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक बृत्तमा एउटा नयाँ तरंग ल्याएको छ। अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा परिरहेको छ। नेविसंघमा कांग्रेसले माथिबाट  लादेको उमेरहद यतिवेला हटाउने प्रयास भैरहँदा क्रान्तिकारीको यस निर्णयपछि अप्ठेरो पारेको छ।’  

उनले उमेरहद मुनिका विद्यार्थी र उमेरहदको कारण संगठनको नेतृत्वबाट विदाइ हुन लागेका विद्यार्थी नेताहरुलाई पनि केही सुझावहरु दिएका छन्। 

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्:
उमेरहद  संगठन भित्र कसैको जितहार हुदै होईन बरु राजनीति बृतमा नयां मुद्दा स्थापीत गराएको मात्र हो। 

अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनभित्र ३२ बर्षे उमेरहद कायम गरेको छ । विद्यार्थी आन्दोलनमा  यो एउटा ऐतिहासिक परीघटना हो । संगठन भित्र कसैको हारजित होईन ! यस घटनाले हाम्रो पार्टी लगायत राजनीतिक  बृत्तमा एउटा नयां तरंग ल्याएको छ । अन्य विद्यार्थी संगठनहरुलाई समेत दवावमा  परिरहेको छ ।  नेविसंघमा नेपाली कांग्रेस पार्टीले माथिवाट  लादिएको उमेरहद यतिवेला हटाउने प्रयास भैरहदा क्रान्तिकारीको यस निर्णय पछी अफ्ठेरोमा पारेको छ। 

हदवन्दी उमेर मुनीका साथीहरु
सबैले बुझ्नु पर्नेकुरा यो छ की तिनै ३२ बर्ष उमेर काटेका संगठनको नेतृत्व तहमा बस्ने लिडरहरुले राष्ट्रिय सम्मेलनमा उमेरहदको ऐजेन्डालाई विधिवत प्रस्तुत गरेका थिए र त यो प्रकृया संभव भएको हो। 

उमेरहदका कारण विदा हुने साथीहरु
२०८१ पौष १३ गतेको निर्वाचनको गोप्य मतदानको प्रकृयावाट यो ऐजेण्डाको  टुंगो लागेको छ। ३२ बर्ष पुरा हुने जो तपाई  नेताहरु हुनुहुन्छ तपाईको ईच्छा विद्यार्थीको वीचवाट आफुलाई परिक्षित  हुने मौका गुम्यो भन्ने कुरा  मनमा पक्कै पनि छ । त्यो कुरा एक हिसावले जायेज नै छ। तर  एउटा विधि अगाडी बढिसकेकोले तपाईहरु यसमा अल्झिनु भन्दा बरु एक कदम अगाडी बढेर यसको सम्पुर्ण ओनरसिप लिनु उपयुक्त हुन्छ। 

पार्टी भित्र नविनतम बहस पैरवि गरेर नीति निर्माण तहमा युवा हरुलाई मौका दिनु पर्छ भन्ने ऐजेण्डा स्थापित गराउन तपाईहरुसंग उच्चतम नैतिक हैसियत रहन्छ । ईतिहांस र घटनाक्रमले योकुरा तपाईलाई सुम्पेको छ। 

जहांसम्म तपाईहरुको जिम्मेवारीको प्रस्न छ । आगामी पौष २१ गते देखी शुरुहुने पार्टीको केन्द्रिय समितीको बैठकमा एउटा ऐजेन्डा बन्ने छ ।  तपाईहरुलाई पार्टीले उचित र महत्वपुर्ण जिम्मेवारी सुम्पनेछ भन्ने मलाई विश्वास छ । 

सम्मेलनको अर्को महत्वपुर्ण काम बांकी छ त्यो हो नेतृत्व निर्माणको । माघ १२ गते निर्वाचन बाट आएको कमिटीलाई  हस्तान्तरण गर्नु तपाईहरुकै जिम्मेवारी हो । यति मात्र होईन आगामी फागुन १५ गते हुने स्ववियुको निर्वाचनमा  नयां टिमलाई सहजिकरण गरेर सफल तुल्याईदिने कुरा तपाईहरुकै कर्तव्य बन्न पुग्दछ । 

अन्त्यमा, 
 माघमा १२ पछी नेतृत्वमा आउने नया पुस्ता तपाईहरु धेरै नमात्तिनुहोला  । यो बोनसमा पाएको अधिकार पक्कै होईन बरु लामो समय देखी चलेको बहसलाई बर्तमान नेतृत्वले  विधिसंगत हिसावले  संस्थागत गराईदिएको कुरा कहिलै नभुल्नु होला। 

तपाईहरुको अव परिक्षा शुरु भएको छ बैचारिक र सांगठनिक हिसावले विध्यार्थी आन्दोलनलाई  सही बाटोमा डोर्याउनुहोस् । आशा छ तपाई जुझारु युवाहरुले कुशल नेतृत्व प्रस्तुत गरेर यस परिघटनालाई सार्थक तुल्यादिनु हुने छ भन्ने विश्वास लिएको छु। 

शहिदको बलिदान, अग्रज र तपाईहरुका निबर्तमान सिनियर जो उमेरको प्राविधीक कारणले  विदा लिदै हुनुहुन्छ , उहाहरुको सकरात्मक स्प्रिटलाई फलो गर्नुहोला र कमिकमजोरीबाट शिक्षा लिनुहोला । कलम र तारा अंकित रक्तरंजित झण्डालाई दह्रो संग समात्नुहोला । कदापी झुक्न नदिनुहोला मेरो अग्रीम शुभकामना छ । 

- हिमाल शर्मा 
फ्राक्सन ईन्चार्ज
 १५ पौष २०८१

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad