समाज


कोटेश्वरको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

कोटेश्वरको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

नेपालखबर
पुस १५, २०८१ सोमबार १७:५९, काठमाडौँ

काठमाडौँको कोटेश्वरस्थित होटलबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट एउटा पेस्तोल, म्यागजिन र ९ राउण्ड गोलीसहित कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उनलाई हतियारसहित फेला पारेको थियो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad