कारोबार


१३ वर्षअघि समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन ४ जनाको उम्मेदवारी

१३ वर्षअघि समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन ४ जनाको उम्मेदवारी

नेपालखबर
पुस १५, २०८१ सोमबार १७:५२, काठमाडौँ

समस्याग्रस्त भएर नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको नेपाल सेयर मार्केट एन्ड फाइनान्स सञ्चालनका लागि ४ जनाको आवेदन परेको छ।

राष्ट्र बैंकले व्यवस्थापन समूहको सदस्य पदका लागि मंसिर १२ गते आवेदन माग गरेको थियो।

जसमा प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्र प्रसाद तिम्सिनाको उम्मेदवारी परेको थियो।

बैंकले ४ जनालाई नै कार्ययोजना प्रस्तुतिका लागि बोलाएको छ।

यसअनुसार प्रकाश घिमिरेलाई मंसिर २१ गते आइतबार, कुमार अधिकारीलाई मंसिर २२ गते सोमबार, राम प्रताप यादवलाई मंसिर २३ गते मंगलबार र राजेन्द्र प्रसाद तिम्सिनालाई २४ गते बुधबार साँझ ४:१५ मा बोलाएको छ। 

राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेर २०६८ पुस २९ गते आफ्नो नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएपछि कम्पनीको पुँजी घटाएर वित्तीय अवस्था सुधार्दै नयाँ व्यवस्थापन गठन गर्न लागेको हो।

नियन्त्रणमा लिएको १३ वर्षपछि सञ्चालक समूहको सदस्यमा पदपूर्ति गर्न लागिएको हो।

राष्ट्र बैंकले कम्पनीको सुधार गर्दै अब नियन्त्रण फुकुवा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad