क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणलाई आईसीयूमा राखिएको छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई शुक्रबारदेखि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डका अनुसार आईसीयूमा उपचार सुरु भएपछि वैद्यले सहज महसुस गरेका छन्।
चिकित्सकहरूले उनको छातीमा संक्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका छन्।
822
Shares

प्रतिक्रिया