समाज


राष्ट्रिय किताबखानाका अधिकृत धनेश्वर प्रसाईं तीन लाख घुससहित पक्राउ

राष्ट्रिय किताबखानाका अधिकृत धनेश्वर प्रसाईं तीन लाख घुससहित पक्राउ

नेपालखबर
पुस १४, २०८१ आइतबार २०:५८, काठमाडौँ

राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

उनले पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad