राजनीति


सरकारको ‘कर आतंक’ विरुद्ध आजपाले काठमाडौंमा प्रदर्शन गर्ने

सरकारको ‘कर आतंक’ विरुद्ध आजपाले काठमाडौंमा प्रदर्शन गर्ने

नेपालखबर
पुस ११, २०८१ बिहिबार १५:५०, काठमाडौँ

आम जनता पार्टी (आजपा) ले सरकारको ‘मनोमानी कर आतंक’ विरुद्ध १४ पुसमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्ने आजपाले जनाएको छ।  

सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गरेको छ। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए।  

‘मुलुकको उद्योग, व्यापार धरासायी बन्दै गईरहेको छ। सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ। उद्योग व्यापार धवस्त हुँदै गईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने। कर लिने तर सोही अनुसारको सुविधान नदिने। केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ।’

नेपाल भन्दा ठूलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उद्योगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए। तर नेपालमा करमाथि कर लिने र उद्योगी व्यापारीको ढाड सेक्ने काम सरकारले गरिरहेको आरोप साहले लगाए।

‘भारतमा १४ शिर्षमा कर लिईन्छ। तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ। अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ। नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ। त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने।

सर्वसधारणदेखि उद्योगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउँदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए। मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए।

१४ पुसमै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ।

आजपाले १४ पुसमै काठमाडौंमा पार्टीको दोस्रो स्थापना दिवस समेत मनाउने तयारी गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad