सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन्।
बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरूसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरूसँग यस्तो आग्रह गरेका हुन्।
उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिए।
उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल-आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल-अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल-कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल-नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल-भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताए।
त्यस्तै नेपाल-संयुत्तः राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल-बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल-जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का, नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन्।
सभामुख घिमिरेले नेपाल-जर्मनी ससदीय मैत्री समूहमा कृष्णगोपाल श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको संयोजकमा डा. चन्दा कार्की, नेपाल–भूटान संसदीय समूहमा सुशीला सिर्पाली ठकुरी, नेपाल-इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी, रघुवीर महासेठ–भारत, गंगाराम चौधरी–भियतनाम र रामप्रकाश चौधरी–इन्डोनेसिया गरेर ४१ समूहका संयोजकहरु तोकिएको जानकारी दिए।
सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया