राजनीति


एमाले सचिवालय बैठकमा संविधान संशोधनबारे कांग्रेससँग भइरहेको छलफलको ब्रिफिङ हुने

एमाले सचिवालय बैठकमा संविधान संशोधनबारे कांग्रेससँग भइरहेको छलफलको ब्रिफिङ हुने

नेपालखबर
पुस १०, २०८१ बुधबार १४:२६, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको केही बेरअघि सुरु भएको सचिवालय बैठकमा संविधान संशोधन गर्न कार्यदल बनाउनेबारे सत्ता सहयात्री नेपाली कांग्रेससँग भइरहेको छलफलको ‘ब्रिफिङ’ हुने भएको छ। 

एमालेका एक नेतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र सरकारलाई सुझाव दिन गठित संयन्त्रमा रहेका नेताहरुले यसबारे बैठकमा जानकारी गराउने छन्। 

संयन्त्रमाएमालेका तर्फबाट वरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्।  

दुवै दलले संविधान संशोधनका लागि कार्यदल बनाउने गृहकार्य थालेका छन्। यसबारे मंगलबार बालुवाटारमा संयन्त्रको बैठक बसेको थियो। 

बैठकमा संविधान संशोधनका लागि गठन गर्ने भनिएको कांग्रेस–एमाले कार्यदलमा राख्ने सदस्यहरुबारे छलफल भएको नेताहरुले बताएका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन गत असारमा  एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने उल्लेख छ। 

उक्त सहमतिलाई अघि बढाउन कार्यदल गठन गर्ने तयारीमा दुवै दल जुटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad