कला


नेपालसँगै विश्वभर रिलिज हुँदै ‘लाज शरणम्’

नेपालसँगै विश्वभर रिलिज हुँदै ‘लाज शरणम्’

नेपालखबर
पुस १०, २०८१ बुधबार १४:२८, काठमाडौँ

चर्चित टेलिशृंखला ‘सक्किगो नि’ टिमले बनाएको फिल्म ‘लान शरणम’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेसनल राइट्स) बिक्री भएको छ।

शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजन गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ। वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशमा प्रदर्शन गरिने जानकारी दिए।

कुन-कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताए। यस फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ।

नेपालमा भने यस चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ।

कुमार कट्टेल ‘जिग्री ब्रो’ निर्देशित यो सिनेमा चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको र दर्शकमाझ निकै प्रतीक्षित मानिएको छ।

चलचित्रको कथा, निर्देशन र प्रस्तुतीकरणको प्रशंसा गर्दै यसलाई नेपाली सिनेमा उद्योगको महत्त्वपूर्ण परियोजना मानिएको छ।

सिनेमाले नेपाल र विदेश दुवै स्थानमा राम्रो व्यापार गर्ने अपेक्षा राखिएको छ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सहनिर्माता छन्। चलचित्रमा सुदीप बराल छायांकार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad