राजनीति


रास्वपाले भन्यो– रविलाई निलम्बन गर्न मिल्दैन, सभामुखको जवाफ– नियमकानुन हेर्छु

रास्वपाले भन्यो– रविलाई निलम्बन गर्न मिल्दैन, सभामुखको जवाफ– नियमकानुन हेर्छु

नेपालखबर
पुस ८, २०८१ सोमबार १३:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न नमिल्ने जिकिरसहित सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ। 

सोमबार बिहान सिंहदरबारस्थित कार्यालय सभामुख घिमिरेसँग भेट गर्दै रास्वपका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिको सांसद पद निलम्बन गरिए कानुनको बर्खिलाप हुने बताएका हुन्। 

उनीसँग सांसद गणेश पराजुली र सोबिता गौतम पनि सँगै थिए। जवाफमा सभामुख घिमिरेले आफूले नियम कानुनअनुसार निर्णय गर्ने बताएका थिए। 

‘उहाँहरुको कुरा नोटिस निकाल्न मिल्दैन भन्ने छ’, सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले नेपालखबरसँग भने, ‘सभामुखले हामी कानुन नियमहरु हेर्छौँ। विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्छौँ भन्नुभयो।’

रास्वपाका सभापति रहेका रविमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा ३ वटा मुद्दा दायर गरेको थियो। 

सोको जानकारी सभामुख घिमिरेलाई पनि आइतबार नै गराइसकेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सांसद रविविरुद्ध उक्त कसुरमा अभियोगपत्र दायर भएको जानकारी सभामुखलाई गराएको थियो। 

सांसद पद निलम्बन पर्ने भएसँगै रास्वपाका नेताहरुले सभामुखलाई सोमबार भेटेका हुन्। यदि निलम्बन गरिए रास्वपाले यसविरुद्ध अदालत जाने तयारी गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad