प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गरेका छन्।
दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेएका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेका उनको सचिवालयले जनाएको छ।
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसकेका छन्।
उनले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन्। प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन्।
यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपति नियुक्त भएका हुन्। केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन्। रासस
Shares

प्रतिक्रिया