राजनीति


नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउँः मन्त्री अर्याल

नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउँः मन्त्री अर्याल

नेपालखबर
चैत ४, २०७६ मंगलबार १२:४५,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउनुपर्ने बताएकी छन्। कैलाली, कञ्चनपुरको स्ट्रिप नक्सा छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएको कञ्चनपुरको टोलीसँग कुरा गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

खानेपानीमन्त्री बिना मगर, महिला तथा सामाजिक समितिका सभापति निरु पाल, प्रतिनिधिसभा सदस्यहरु दीपकप्रकाश भट्ट, नरबहादुर धामीलगायत जिल्लाका सांसदहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयबासी सम्मिलित ज्ञापनपत्र टोलीले नेपाल भारत संयुक्त सीमा सर्भे टोलीले रेखांकन गरि स्ट्रिप नक्सा तयार गर्दा कञ्चनपुर जिल्लाका केही स्थानमा ऐतिहासिक कालदेखि नेपाली भूभाग कायम भएको सयौं हेक्टर जमिन भारततिर पर्नेगरि बनाइएको भन्दै तत्काल छानबिन गर्न माग गर्दै मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्। केन्द्रबाट नै संसदीय टोली पुगेर स्थलगत रुपमा छानबिन गर्न उनीहरुले माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले सीमा बचाउन सीमामा बस्ती बसाउने योजना अगाडि ल्याउनुपर्ने बताइन्।

‘सीमामा बस्ती बसाउने योजना बनाउँ। छोड्दिएपछि लैजाने भए। एउटा नदी सिमाना मान्दा नदीको बहाब परिवर्तन हुँदा पनि सिमाना परिवर्तन भएको छ’ मन्त्री अर्यालले भनिन्, ‘हाम्रो सिमानामा अकुपाइ गराउने गरी स्थानीय तहमा समन्वय गरेर बस्ती बसाउँ। हामी भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्दैछौं त्यहाँ लगेर राखौं। छाडेर गएपछि अर्कोले पेल्ने भए।’

सरोकारवालाहरुको खबरदारी निरन्तर हुनुपर्ने भन्दै मन्त्री अर्यालले नागरिक सचेतना चलिरहनुपर्ने बताइन्। प्राप्त विवरणहरुको अध्ययन गरेर राजनीतिक सहमति गरेर सहमतिअनुसार नापजाँच गर्ने कुरामा पहलकदमी लिइने उनले बताइन्।

उनले भनिन्, ‘यो डकुमेन्टको हामी अध्ययन गर्छौं। यताबाट राजनीतिक सहमति गरेर सहमति अनुसार नापजाँच गर्ने कुरामा हामी पहलकदमी हामी लिन्छौं।’

कञ्चनपुर जिल्लामा अहिले सीमा नक्साअनुसार पिलरहरु कहाँ केके छन् भनेर सीमा नापजाँच कार्यक्रम सञ्चालन भइरहेको छ। सोही क्रममा केही ठाउँमा बिवाद उत्पन्न भएपछि अहिले नापजाँच कार्य रोकिएको नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad