मन्त्रिपरिषद्को आज बस्ने तय भएको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि बैठक स्थगित गरिएको बालुवाटार स्रोतले जनायो।
प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार बिहान स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य अवस्था त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाट बाहेकका कार्यक्रमहरु स्थगन गरिएको हो।
‘प्रधानमन्त्रीले आज बिहान स्वास्थ्य परीक्षण गर्नु भएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अवस्था समान्य नै छ तर आज धेरै दौडधुप नगर्ने कि भनेर बैठक स्थगित गरिएको हो। सामान्य भेटघाट बाहेक बाहिरका कार्यक्रमहरु स्थगित गरिएका छन्। उहाँ आराम गरिरनु भएको छ।’
स्वास्थ्य अवस्थाकै कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ललितपुरमा आयोजित कार्यक्रममा समेत प्रधानमन्त्री ओली गएका थिएनन्।
Shares

प्रतिक्रिया