प्रदेश २ को नाम टुंगो लगाउन जारी मतदानमा कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ नाम प्रदेश सभाले अस्वीकृत गरेको छ।
यसको पक्षमा २८ मत मात्र परेको छ।
यसअघि नेकपाले प्रस्ताव गरेको ‘जानकी’ नाम पनि अस्वीकृत भएको थियो। जानकीको पक्षमा ३७ मत परेको थियो।
प्रदेशसभामा जम्मा एक सय सात मत छ।
सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन्।
3
Shares

प्रतिक्रिया