नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरुमा ‘ड्रेसकोड’ लागू गरेको छ।
गएको मंसिर २७ गतेदेखि कपिलबस्तुको शिवगढीमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवसहितका नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्ट (एकै प्रकारको ड्रेस) लगाएर सहभागी भएका छन्।
केन्द्रीय कार्यालयमा बसिरहेको ९ औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द दृढतापूर्वक मोर्चा खडा गरौ १ समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ’ भन्ने शीर्षकमा १७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
नेकपाका एक अनुसार नेताहरुले लगाएको पोशाक शिवगढीमा पार्टीले नै सञ्चालन गर्दै आएको गार्मेन्टका उत्पादन गरिएको हो।
नेकपाले केन्द्रीय कार्यालय मातहत रहनेगरि जनकम्युन सञ्चालन गरेको छ। उक्त गार्मेन्टमा सर्ट, पाइन्ट, कोट, ज्याकेट, ट्राउजर, ट्र्याक सुट, स्कुल युनिफर्म लगायतका पोशाक सिलाइन्छ।
नेकपाले विभिन्न जिल्लामा सिजनअनुसारका कृषि उत्पादन गर्दै आएको छ। कफिवस्तु, मोरङ, चितवन, रुपन्देही, दाङ, बर्दिया लगायतका ठाउँमा पशुपालन, सिजनअनुसारका अन्न र नगदेबाली खेती गर्दै आएको नेकपाले जनाएको छ।



Shares

प्रतिक्रिया