ग्लोबल


अमेरिकाको स्कुलमा गोली चल्यो, २ जनाको मृत्यु

अमेरिकाको स्कुलमा गोली चल्यो, २ जनाको मृत्यु

नेपालखबर
पुस २, २०८१ मंगलबार ९:५५, काठमाडौँ

अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। हमलामा चार जना घाइते भएका छन्।

बीबीसीका अनुसार यो घटना सोमबार भएको हो। विद्यालयमा पुग्दा आक्रमणकारीको पनि मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी दिएको छैन। प्रहरीले गोली चलाउनुको कारण थाहा पाउन सकेको छैन।

बीबीसीसँग सम्बद्ध सीबीएस न्युज र अन्य मिडियाका रिपोर्टले आक्रमणकारी महिला भएको उल्लेख गरिरहेका छन्।

म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अफिसरहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए।

अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शीहरूलाई आफूले देखेका सबै कुराको जानकारी प्रहरीलाई दिन अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad