राजनीति


उपसभामुख राना भन्छिन् : पत्रकारहरू दलको प्रभावमा परेर काइते समाचार लेख्छन्

उपसभामुख राना भन्छिन् : पत्रकारहरू दलको प्रभावमा परेर काइते समाचार लेख्छन्

नेपालखबर
पुस १, २०८१ सोमबार १४:४५, काठमाडौँ

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताइन्। उनले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाहिँ जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ। हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु सम्प्रेषण गर्नुपर्ने हुन्छ। राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको छ। अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आइसक्यो। पत्रकाहरूले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ।’

उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad