राजनीति


गणपूरक संख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि अर्थ समिति बैठक स्थगित

नेपालखबर
पुस १, २०८१ सोमबार १३:५१, काठमाडौँ

गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको अर्थ समितिको बैठक स्थगित भएको छ।

समितिका सभापति सन्तोष चालिसेले बैठक सुरू गर्न लाग्दा गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा माओवादी केन्द्रकी सांसद गंगा कार्कीले विरोध जनाएकी थिइन्। उनले सत्तापक्षका सांसदहरू नै बैठकमा उपस्थित नहुनु राम्रो नभएको र कोरम नपुगी बैठक बस्न नमिल्ने भन्दै विरोध जनाएपछि सभापति चालिसेले बैठक स्थगित गरेका हुन्।

बैठकमा १२ जना सांसदको उपस्थितिमा हुनुपर्नेमा ८ जना मात्रै पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad