राजनीति


८ डीआईजीको पदस्थापन: शाह विशेष ब्युरोमा, रावल र चन्द प्रदेश प्रहरी प्रमुख

८ डीआईजीको पदस्थापन: शाह विशेष ब्युरोमा, रावल र चन्द प्रदेश प्रहरी प्रमुख

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार ७:४६, काठमाडौँ

नेपाल प्रहरीमा बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) ले जिम्मेवारी पाएका छन्। सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरूलाई जिम्मेवारी दिइएको हो। 

गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरूको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। 

दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्।

रावललाई गण्डकी प्रदेश र चन्दलाई सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउत पदस्थापन भएका छन्। 

महत्त्वपूर्ण मानिने विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई लगिएको छ। 

सुशीलसिंह राठौर प्रबन्ध निर्देशनालयमा र उमाप्रसाद चतुर्वेदी महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिमालयकुमार श्रेष्ठ र कार्य विभागमा डम्बरबहादुर विक पदस्थापन भएका छन्। 

उनीहरूको पदस्थापनसँगै १० जना डीआईजीको पनि सरुवा गरिएको छ। एकसाथ चारवटा प्रदेश प्रहरी प्रमुख हेरफेर गरिएको छ। 

सूची हेर्नुहोस्- 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad