राजनीति


पटक-पटकको विभाजन र एजेण्डालाई निरन्तरता दिन नसक्दा जनताको भरोसा जित्न सकेनौँ : प्रचण्ड

पटक-पटकको विभाजन र एजेण्डालाई निरन्तरता दिन नसक्दा जनताको भरोसा जित्न सकेनौँ : प्रचण्ड

फाइल फोटो


नेपालखबर
मंसिर २४, २०८१ सोमबार १५:३७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले पार्टीप्रति गरेको भरोसा र व्यक्त गरेको अभिमतलाई रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरूमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

जनताको विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेको कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए।

उनले माओवादी घटकहरु समय समयमा विभाजित भएको उल्लेख गर्दै विभाजनका घाउहरु बल्झिँदै गएको बताए। माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा पार्टीप्रतिको जनताको एकता, निष्ठा र लगाव कमजोर हुँदै गइरहेको उनको भनाइ छ।

उनले भने, ‘हामीले २०६४ सालको निर्वाचनमा जनताले हामीप्रति गरेको अपार भरोसा र व्यक्त गरको अभिमतलाई रक्षा गर्न सकेनौं। हामी जनताको त्यो विश्वासअनुसार पार्टीलाई एकतावद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि जान सकेनौं। विविध कारणले हामी विभाजित भयौं। र त्यो विभाजनको परिणामा आम कार्यकर्ता र कर्मचारीतन्त्र भित्र पनि कहीँ न कहीँ निराशा र असन्तुष्टिहरु बढ्दै गए। विभाजनका घाउहरु बल्झिँदै पनि गए।’

अध्यक्ष दाहालले राम्रा काम गर्न खोज्दाखोज्दै पनि गर्न नसकिएको कारण माओवादी केन्द्र आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताए।

उनले थपे, ‘यसबीच हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि हामी आत्मसमिक्षा गर्नुपर्ने ठाउँमा पुगेकै छौं। हामीले हाम्रा एजेण्डालाई जति दरोसँग पक्रेर बस्नुपथ्र्यो तर त्यो पनि गर्न सकेनौं। अनि हाम्रो वर्ग र हाम्रो समुदायप्रति हाम्रो एकता, उनीहरूसँगको हाम्रो निष्ठा र लगाव कमजोर हुँदै गयो। हामीले त्यहाँ पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ। हामीले हाम्रा एजेण्डाहरूलाई निरन्तर जसरी जनतामा लिएर जानुपर्ने थियो त्यो काम पनि बिस्तारै कमजोर हुँदै गएको देखियो।’

काम गर्दै जाँदा केही कमजोरी भएपनि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण थालनी गरेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad