चीनले इरानमाथि लगाइएको नाकाबन्दी तत्काल हटाउन अमेरिकासँग आग्रह गरेको छ।
कोरोना भाइरसको महामारीसँग जुधिरहेको इरानको अर्थतन्त्र र मानिसको जीवनयापनमा संकट आइपरेको भन्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्त गेङ सुआङले यस्तो आह्वान गरेका हुन्।
यसअघि इरानी राष्ट्रपति हसन रुहानीले विश्वका विभिन्न नेताहरुलाई पत्र पठाउँदै अमेरिकी नाकाबन्दीका कारण भाइरससँग लड्न कठिन भएको बताएका थिए।
‘इरानी सरकार र जनता अहिले कठिन घडीमा छन्। अहिले एकतर्फी नाकाबन्दी लगाउनु मानवीय भावनाविपरीत हुन जान्छ,’ गेङले भने, ‘यस्तो बेला संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाले इरानलाई पठाएको सहयोग पनि प्रभावित बन्न सक्छ।’
उनले इरानलाई चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिने पनि बताए। एजेन्सी

प्रतिक्रिया