राजनीति


चीन भ्रमणबाट देशका लागि उपलब्धि भयो, अब भारत जान्छु : प्रधानमन्त्री ओली

चीन भ्रमणबाट देशका लागि उपलब्धि भयो, अब भारत जान्छु : प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १७:०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने बताएका छन्।

आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी दिएका हुन्।

उनले चाँडै नै भारत भ्रमणमा जान लागेको बताए पनि समय भने खुलाएनन्। 

उनी चार दिने चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएका हुन्। उनको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad