राजनीति


चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षकी उम्मेदवार शर्मा भन्छिन् : पेसागत सुरक्षाका लागि एक हुन्छौँ

चौतारी र युनियनबीच भागबण्डा, अध्यक्षकी उम्मेदवार  शर्मा भन्छिन् : पेसागत सुरक्षाका लागि एक हुन्छौँ

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १५:४२, काठमाडौँ

नेपाल पत्रकार महांघको आगामी मंसिर २८ मा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा संयुक्त उम्मेदवार बनेकी छन्।

आइतबार काठमाडौंमा उम्मेदवार घोषणा सभा आयोजना गर्दै अध्यक्ष पदका लागि साझा उम्मेदवारका रुपमा नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका तर्फबाट शर्मालाई अध्यक्ष पदको लागि अघि सारिएको हो।

उम्मेदवारी घोषणा गर्दै शर्माले पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने अधिकारको सुनिश्तिता आफ्नो टिमले गर्ने दाबी गरिन्। उनले जुन संस्थाबाट आएपनि महासंघमा आफूहरु राजनीति गर्नको लागि नभई श्रमजीवि पत्रकारहरुको हकहितका मुद्दा उठाउन जान लागेको दाबी गरिन्।

उनले देशभरबाट प्रेस चौतारी र प्रेस युनियनमा आवद्ध पत्रकारहरूको सुझावको आधारमा पत्रकार महासंघमा आफू नेतृत्वको टिमले काम गर्ने उनको भनाइ छ। उनले व्यावसायिक र जवाफदेही पत्रकारिताको प्रवर्द्धन गर्नु नै सबै संस्थाहरूको साझा उद्देश्य रहेको उल्लेख गरिन्।

उनले भनिन्,  ‘पत्रकारितामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेप्रति म विश्वास गर्दिन। म जहिले पनि एउटा लड्ने सिपाही हो। पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने सुनिश्तिता मेरो टिमले गर्छ तपाई विश्वस्त हुनुस्। हामी जुन संगठनबाट आएपनि त्यो एउटा व्यवसायिक पत्रकारहरुको संस्था हो। तर हामी महासंघमा राजनीति गर्न जान लागेका होइनौं।’

आफूहरु जुनसुकै राजनीतिक दल निकटका संस्थाहरुमा आवद्ध भएपनि व्यवसायिक पत्रकारिताको प्रवर्द्धनका लागि काम गर्नुपर्ने उनको भनाइ छ।

महासंघको महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले भागबण्डा गर्ने सहमति गरेका छन्।

सहमतिअनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्यमा पाएको छ। बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad