राजनीति


नेपालले नचाहेर ऋण आउँदैन, बीआरआईबारे नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

नेपालले नचाहेर ऋण आउँदैन, बीआरआईबारे नबुझी टिप्पणी नगरौँ : परराष्ट्रमन्त्री राणा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८१ शनिबार १५:३७, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनुभएको छ ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्यान्डसको हेग प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन्।

उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी गरेको आरोप पनि लगाए।

परराष्ट्रमन्त्री राणाले चीन भ्रमणबाट फर्किएपछि यसबारे पहिलो सार्वजनिक प्रतिक्रिया दिएकी हुन्।

नेपाली कांग्रेसका केही नेताले ऋण लिने बाटो खुला राखी गरिएको सम्झौता पार्टी नीतिविपरीत भनी सरकारको आलोचना गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने औपचारिक भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। उक्त भ्रमण टेलीमा डा राणा पनि थिइन्। प्रधानमन्त्रीको भ्रमणअघि पनि राणाले चीन पुगेर त्यहाँका समकक्षी वाङ यीसँग भेटवार्ता गरेर फर्किएकी थिइन्।

उनले ऋण लिनेदिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौतामा हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाइन्।

नेपालले चीनसँग बीआरआईबाहेक अन्य कुनै सम्झौतामा हस्ताक्षर नगरेको पनि उनले स्पष्ट पारिन्। चीनले अघि सारेका विकास पहलमा मात्रै नेपालको चासो रहेको उनको भनाइ थियो। बीआरआई सम्झौता आफैँ विकास सहायता भएको र नेपालले चीनको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्समा मात्र सहभागिता जनाएको उनको प्रस्टोक्ति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad