प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्।
बेइजिङबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिँदै छ।
प्रधानमन्त्री ओली गत सोमबार (मंसिर १७ गते) चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए। उनका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, उनका सल्लाहकारहरू विष्णु रिमाल र डा युवराज खतिवडा लगायत सहभागी थिए।






















156
Shares

प्रतिक्रिया