राजनीति


बीआरआईमा १० योजना, झापाको स्पोर्ट्स् कम्प्लेक्सदेखि डडेल्धुराको सिटीहलसम्म

बीआरआईमा १० योजना, झापाको स्पोर्ट्स् कम्प्लेक्सदेखि डडेल्धुराको सिटीहलसम्म

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १७:३३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेल्ट एवं रोड (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि त्यसअन्तर्गत १० वटा परियोजना अघि बढाइने भएको छ।

फ्रेमवर्कमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनको डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ल्यु सुसेले बेइजिङमा हस्ताक्षर गरेपछि यी परियोजना पनि अघि बढ्ने भएका हुन्।

फ्रेमवर्कमा परेका परियोजनाहरूमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग, डडेलधुरामा अमरगढी सिटीहल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, झापाको दमकमा चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स रहेका छन्।

झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला हो भने डडेल्धुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।

प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्रीका हैसियतमा चीन भ्रमण टोलीमा सहभागी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad