नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्धनिर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्धनिर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए।
आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ।
ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ। यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधिहरू समावेश गर्दछ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोविन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको कुरा साझा गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गरे। उनले बिक्री मात्र होइन विक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए।
ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुने उनको भनाइ छ। कार किन्नुअघि कारको ब्रान्ड र कार ल्याउने आयातकर्ता दुईवटा कुरामा ध्यान दिनुपर्ने उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युतीय गाडीको भविष्य नेपालमा उज्ज्वल रहेको बताए। पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्वीकार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनुपर्ने उनले बताए।
कार्यक्रमपछि प्रमुख अतिथि नेपालले नै ग्राहकहरूलाई नामी ईभीको साँचो हस्तान्तरण गरेका थिए।

कस्तो छ नामी ईभी?
नामी ईभीले आफ्नो सेग्मेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँमानक स्थापित गरेको छ। यसको विलासी इन्टेरियर र उन्नत स्मार्ट टेक्नोलोजीको स्लिक डिजाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ।
यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएर जस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू छन्। यो ईभी उत्साहीहरूका लागि आदर्श फ्युचरिस्टिक ह्याचब्याक तीन भेरियन्टहरू; नामी ई१, नामी ई२ र नामी ई३, चार रङहरू; सेतो, नीलो, हरियो र बैजनीएवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनी जस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ।
नामीले लेभल २ एडीएएस, भेन्टिलेटेड र तातो सिटहरू, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७इन्चको टायर, १२ अल्ट्रासोनिक रडार सहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणाली सहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सेगमेन्टमा–सर्वश्रेष्ठ सुविधाहरू समेटेको छ।
थप सुविधाहरूमा निकटता लक÷अनलक, बहु–रङ एम्बियन्ट लाइटिंग, एक–टचमा आराममोड, फ्ल्याट–फोल्डिंग फ्रन्ट सीट, बाह्य डिस्चार्ज क्षमता, एक व्यक्तिगत टचस्क्रिन केन्द्रीयकन्सोल र एक विलासीअर्बान भित्री ठाउँ समावेश छ।
वीरगन्जमा शोरुम उद्घाटन र सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प
सार्वजनिकरण पश्चात् ग्राहकहरुलाई अत्याधुनिक डोङफेङ र सेरेस विद्युतीय सवारी साधनहरुको इमर्सिभ अनुभव प्रदान गर्ने उद्देश्यले एमएडब्लू वृद्धी मोटर्स र नारायणी अटोकर्पले वीरगन्जमा नयाँ शोरुमको उद्घाटन गर्ने तयारी गरेको छ।
ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ यही मंसिर १९ गते बुधवारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरूसहित विद्युतीय सवारी साधनहरूको दायरा अन्वेषण गर्न सक्छन्।
Shares

प्रतिक्रिया