राजनीति


कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो

कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २०:३८, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ।

कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै छ। डंगोलले ५ हजार ६९ मत पाएका छन्।

तर दोस्रोका लागि तीव्र प्रतिस्पर्धामा रहेका एमाले र माओवादीबीच उछिनपाछिन चलिरहेको छ।

वडा नं १० को मतगणना भइरहँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ११९ मत पाएर एमालेलाई उछिनेका छन्। एमालेका उम्मेदवार

सुरेन्द्र मानन्धरको मत ३ हजार ९९७ मत छ।

माओवादीले पाएको यो मत अघिल्लो चुनावको भन्दा बढी हो। २०७९ को चुनावमा कीर्तिपुरको प्रमुखमा जम्मा ४ हजार ९५ मत मात्र पाएको थियो।

अब १ हजार ३ सय हाराहारी मत गन्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad