राजनीति


स्थानीय उपनिर्वाचन : ३७ स्थानको नतिजा सार्वजनिक, ४ स्थानको गणना सकिन कति समय लाग्ला?

स्थानीय उपनिर्वाचन : ३७ स्थानको नतिजा सार्वजनिक, ४ स्थानको गणना सकिन कति समय लाग्ला?

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १९:१८, काठमाडौँ

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ।

मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल ३ हजार ८ सय ३४ मतका साथ अग्रस्थानमा छन्।

उनका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले २ हजार ९ सय १३, माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार ३ सय १७ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारहरू राजमान महर्जनले १ हजार २ सय ७, दिनेशकुमार अधिकारीले नौ सय ७५, कविकुमार महर्जनले नौ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धुव्र महर्जनले पाँच सय ५४ मत प्राप्त गरेका छन्।

दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले एक हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायम राखेकी छन्।

उनका प्रतिस्पर्धी एमालेका उमा लुङ्गेली मगर शेर्पाले एक हजार १३, कांग्रेसका सात सय ९६, स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीका रविना खड्काले ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले २९ मत प्राप्त गरेका छन्।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले सात सय छ मतसहित अग्रता कायम गरिरहेकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसका सविता बुढाले चार सय ९३ मत पाएकी छन्। एमालेकी जाना शाहीले चार सय ७१ मत पाएकी छन्।

उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ। सो वडामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद फुयाँल, मङ्गोल नेशनल अर्गनाइजेसनका सुरे तामाङ र जनता समाजवादी पार्टीका राजकुमार राई उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad