राजनीति


गौरीशंकरमा एमालेले तोड्यो माओवादीको अग्रता, अब २ हजार मत गन्न बाँकी

गौरीशंकरमा एमालेले तोड्यो माओवादीको अग्रता, अब २ हजार मत गन्न बाँकी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १९:२०, काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ। यहाँ सुरुदेखि नै माओवादी उम्मेदवार अगाडी भएपनि पछिल्लो मत परिणाम आउँदा एमाले झिनो मतले अग्रता लिएको हो।

पछिल्लो मत परिणाम अनुसार एमालेकी उमा लुङ्गेली मगर शेर्पाले ६६ मतले अग्रता बनाएकी हुन्। उनले १ हजार ९७२ मत पाएकी छन्।

माओवादीकी निम लेकी शेर्पाले १ हजार ९०६ मत पाएकी छन्।

कांग्रेसकी पासदिकी तामाङको १ हजार २८१ मत आएको छ।

त्यहाँ अब करिव २ कजार मत गणना गर्न बाँकी रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad