नेपाल प्रहरीका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
डीआईजीमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक बढुवा भएका हुन्।
39
Shares

प्रतिक्रिया