राजनीति


पुथाउत्तरगंगाको उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा विजयी

पुथाउत्तरगंगाको उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १५:१२, काठमाडौँ

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्।

नरपुराले ३ हजार ६२७ मत प्राप्त गरिन्। दुई ठूला दलको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी केशकुमारी तुलाचन १ हजार ४९९ मतान्तरले पछि परिन्।

तुलाचनले २ हजार १२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad