काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले पाचौँ विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ११औँ ओभरको तेस्रो बलमा शंकर राना १६ रन बनाउँदै पेभेलियन फर्के।
चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौँले ११औँ ओभरको खेल जारी रहँदा काठमाडौँले ५ विकेटको क्षतिमा ६३ रन बनाएर खेलिरहेको छ।
त्यअसघि चौथो विकेटका रूपमा काठमाडौँले भीम सार्कीलाई गुमाएको थियो। भीम १ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे।
तेस्रो विकेटका रुपमा जेहार्ड इरासमसलाई गुमाएको हो। पाचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए।
चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे।
त्यसअघि दोस्रो ओभरको पहिलो बलमा अोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए।
योसँगै काठमाडौँले दुवै ओपनरलाई गुमाएको छ।
चितवनलाई सोहेल तनविरले तीन विकेट लिए। कुशल मल्ल र अमर राउटेलाले समान एक विकेट झारे।
Shares

प्रतिक्रिया