राजनीति


कांग्रेसले गुमायो महाबु गाउँपालिका, अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

कांग्रेसले गुमायो महाबु गाउँपालिका, अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ६:४७, सुर्खेत

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट एमालेका शाही महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। 

शाहीले ३ हजार १२७ मत प्राप्त गरेका छन्।  

यस्तै, नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजा ६७५, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरेका छन्। 

अध्यक्षमा निर्वाचित एमालेका जंगबहादुर शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। 

पछि पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका शाहीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकामा समाजवादीबाट उम्मेदवार बनेका थिए।

उनले त्यतिबेला करिब २२ सय मात्रै मत प्राप्त गरेका थिए। तर, यस उपनिर्वाचनमा शाहीलाई एमालेमा प्रवेश गराएर टिकट दिइएको थियो।

०७९ सालको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad