ताप्लेजुडको सिरिजंगा गाउँपालिका ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन्। उनले ३ सय ५३ मत ल्याएर निर्वाचित भएकी हुन्।
माओवादीका अम्वी साउदेनले २५१ मत ल्याउँदा यसअघि चुनाव जितेको कांग्रेस तेस्रो भयो। कांग्रेसका भीम कुमार लक्सम्वाले २१८ मत मात्रै पाए।
यससँगै २०७९ को निर्वाचनमा चार मतले हारेको बदला पनि उनले लिएकी छन्।
कुमारी साउदेन अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् ।
यसअघिको चुनावमा बोखिमले ४०३ मत ल्याएर निर्वाचित हुँदा साउदेनले ३९९ मत पाएकी थिइन्।
2.9k
Shares

प्रतिक्रिया