स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न काठमाडौं महानगरपालिका वडा नम्बर १६ उपचुनावको मतगणना सुरु भएको छ।
२४ वटा मतदान केन्द्रमा १० हजार ५ सय ३९ मत खसेको छ।
सो वडामा २१ हजार २५ मतदाता थिए।
२०७९ वैशाखमा भएको स्थानीय तहको सो वडाबाट निर्वाचित मुकुन्द रिजालको मृत्यु भएपछि आइतबार उपचुनाव भएको हो।
सो वडामा नेपाली कांग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन्।









1.3k
Shares

प्रतिक्रिया