कर्णाली


तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका शाही विजयी

तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका शाही  विजयी

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १९:४९, सुर्खेत

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन्। उनले १४३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी छन्।

यस्तै, सहायक निर्वाचन अधिकृत हरिचन्द्र गौतमले नेकपा एमालेले ऐनबहादुर शाहीले ७८ र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीले ४९ प्राप्त गरेका जानकारी दिए।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गगन बमले १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेका छन्।

६ सय ९ मतदाता रहेकामा ४११ मत खसेको थियो। ४ मत बदर भएको छ।

२०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा नेकपा माओवादीकेन्द्रले निर्वाचन जितेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad