राजनीति


गोरखामा आजै मतगणना सक्ने तयारी

गोरखामा आजै मतगणना सक्ने तयारी

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:४९, काठमाडौँ

उपनिर्वाचन भएको गण्डकी प्रदेशको एकमात्र स्थान गोरखाको गोरखा नगरपालिका ५ मा ७ बजेबाट मतगणना सुरु हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटका अनुसार मतदान सकिएर यहाँ दलका प्रतिनिधिबीच छलफल भइरहेको छ। अबको केही बेरमा मतगणना सुरु गर्ने उनले जानकारी दिए।

‘मतपेटिका संकलन भइसक्यो, अबको केही बेरमा हामी गणना सुरु गर्दैछौँ, रानाभाटले भने, ‘ गणना सुरु गर्नुअघिको छलफलमा छौं, सकेसम्म आजै सक्ने तयारी छ।’

उनका अनुसार समयमै गणना सकिएमा आज १०/११ बजेसम्ममा नतिजा घोषणा हुनेछ। यस वडामा वडा अध्यक्षका लागि ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।

२२ सय २५ मतदाता रहेको यहाँ आज भएको मतदानमा १३ सय ७३ मत खसेको छ। यो ६१ दशमलव ७१ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad