राजनीति


रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मतगणना सोमबार हुने

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मतगणना सोमबार हुने

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:५३, काठमाडौँ

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपचुनावको मतगरणना सोमबार मात्र सुरु हुने भएको छ।

सहायक मतदान अधिकृत ईश्वर सुवेदीका अनुसार मतदान केन्द्र टाढाबाट मतपेटिका संकलन गरेर ल्याउन समय लाग्नेभएपछि सोमबारमात्र मतगणना थालिनेछ।

पालिकामा ११ हजार १ सय ३८ मतदाता रहेकोमा ५ हजार ९ सय ३१ मत खसेको छ।

यो भनेको ५३ प्रतिशत मात्र हो ।

‘आज रातभरीमा बल्ल मतपेटिका संकलन भइसक्छ,’ सुवेदीले नेपालखबरसँग भने, ‘अब भोलि विहान मात्र मतगणना सुरु हुन्छ।’

सो पालिकामा उपाध्यक्षका लागि माओवादी केन्द्रबाट नरपुरा बुढा र  नेपाली कांग्रेसको चुनाव चिह्न लिएर एमालेकी केशकुमारी तुलाचन प्रतिस्पर्धामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad