राजनीति


६० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

६० प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १७:१२, काठमाडौँ

स्थानीय तहको उपनिर्वाचन अन्तरगत देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो।

उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल खबरलाई जानकारी दिए।

थपलियाका अनुसार यो प्रारम्भिक तथ्यांक हो। आयोगले केही बेरमा खसेको मत प्रतिशत सार्वजनिक गर्नेछ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो।

यसअघि ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। 

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad