प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको सार्क स्तरीय आपतकालीन कोषमा नेपालको पनि योगदान रहने बताएका छन्।
सार्क नेताबीचको भिडियो कन्फ्रेन्समा मोदीले कोरोना भाइरस रोकथामका लागि कोष बनाउने प्रस्ताव गरेका थिए। उनले भारतका तर्फबाट सो कोषमा एक करोड डलर योगदानको घोषणा गरेका थिए।
‘सो कोषमा नेपालको पनि योगदान रहनेछ,’ प्रधानमन्त्री ओलीले भने।
उनले कोरोनाजस्ता गम्भीर स्वास्थ्य समस्या सामना गर्न सार्कस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने पनि बताए।


प्रतिक्रिया