सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई संसद सचिवालयको महासचिवको काम गर्ने गरी नियुक्त गरेका छन्।
सभामुख सापकोटाले आइतबार सूचना प्रकाशित गरी ‘अर्को व्यवस्था नहुँदासम्म संघीय संसदको महासचिवले गर्ने भनि तोकिएको प्रतिनिधिसभा नियमावली २०७५ र राष्ट्रियसभा २०७५ र संघीय सचिवालय सम्बन्धी ऐन २०६४ तथा सो अन्तर्गत बनेका नियमावलीबमोजिम तोकिएका कार्यहरु गर्न’ कार्यभार तोकेका छन्।
संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएपछि सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा योगीलाई कार्यभार तोकेका हुन्।
3
Shares

प्रतिक्रिया